२०८३ असोज २३ गते शुक्रबार

शेयर बजार १४ अङ्कभन्दा धेरैले बढ्यो, ९३ करोड रुपैयाँको कारोबार

शेयर बजार १४ अङ्कभन्दा धेरैले बढ्यो, ९३ करोड रुपैयाँको कारोबार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ५ गते मंगलबार ०४:२८

आज सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स होटल र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

पोखरा

शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स होटल र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ५७ वटा कम्पनीको ३० लाख २२ हजार कित्ता शेयर ९३ करोड आठ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको छ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सृजनशील लघुवित्त, आँधीखोला लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर आज सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

प्रकाशित मिति २०७९ पुस ५ गते मंगलबार ०४:२८
हजुरको प्रतिक्रिया