२०८३ असोज २३ गते शुक्रबार

सेती खोंचलाई गन्तव्य बनाउन महोत्सव

सेती खोंचलाई गन्तव्य बनाउन महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ६ गते बुधबार ०३:३२

बचत रकमले लेखनाथको अर्चलेमा आवसीय छात्रावास बनाउने योजना समेत छ ।

पोखरा

पोखराको पचभैयामा निर्माण भएको खुला चिडियाखानाको देन पोखरा युनाइटेड क्लबलाई जान्छ । वर्षेनी हुने पोखरा महोत्सवबाट भएको बचतले निर्माण गरिएको खुला चिडियाखानालाई गण्डकी प्रदेश सरकारले गौरवको योजनामा राख्दै डिभिजन वन कार्यालय कास्की मातहातमा छ ।

अब युनाइटेड क्बलले सेती नदीको खाेंचलाई पर्यटकीय गन्तव्य बनाउन पहल थाल्ने भएको छ । ११ औं संस्करणको पोखरा महोत्सवबाट बचत रकमले सेती खोचलाई साहसिक पर्यटकीय गन्तव्य बनाउन पहल कमदी लिने क्लबका महासचिव रिदेश सुनारले बताए । ‘महोत्सवमा काटिने प्रति टिकटको १ रुपैयाँ छुट्याएर सेती नदी संरक्षणको अभियान बढाइएको छ’, उनले भने । पोखराको बीच भाग हुँदै बग्ने सेती नदीलाई संरक्षण गरेर गन्तव्य बनाउन सके पोखरा आउने पर्यटकलाई बढाउन सकिने उनको भनाई छ ।

यस्तै, बचत रकमले लेखनाथको अर्चलेमा आवसीय छात्रावास बनाउने योजना समेत छ । क्लबले १२ सामुदायिक विद्यालयमा छात्रावृत्ति कोषको स्थापना गरेर बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको छ ।

एघारौं पोखरा महोत्सव आगामी पुस २६ देखि माघ ९ गतेसम्म हुँदैछ । अमरसिंह चौरमा हुने महोत्सवको तयारी सुरु भएको क्लबका अध्यक्ष महोत्सवका मुल संयोजक राजु श्रेष्ठले बताए । महोत्सवमा रहने २५८ स्टल बुक भइसकेका छन् ।

साढे २ लाख दर्शकले महोत्सव अवलकोन गर्ने अनुमान गरिएको छ । आर्थिक चलायमान गराइ रोजगार सृजना गराउने उदेश्य लिएको श्रेष्ठ बताउँछन् । ‘यो क्षेत्रको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक र बाह्य उत्पादित बस्तुको बजार सहजीकरण गराउनलाई महोत्सव गर्दैछौं’, उनले भने ।

पछिल्लो समय हुने मेला महोत्सवमा राखिने पिङ असुरिक्षत हुन थालेपछि यो महोत्सवमा विमा गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७९ पुस ६ गते बुधबार ०३:३२
हजुरको प्रतिक्रिया