२०८३ असोज २३ गते शुक्रबार

गण्डकी साहित्य संगममा भीम सर्वसम्मत

गण्डकी साहित्य संगममा भीम सर्वसम्मत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १० गते आइतबार ०५:०८

अध्यक्ष रानाभाटले प्रगतिवादी र प्रगतिशील वाङ्मयको उत्थानका काम गर्ने बताए ।

पोखरा

गण्डकी साहित्य संगमको अध्यक्षमा साहित्यकार भीम रानाभाट सर्वसम्मत चयन भएका छन् । संगमको उपाध्यक्षमा पदमराज ढकाल, सचिव नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चुनिएका छन् ।

कार्यसमितिको सदस्यमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय रहेका छन् । ११ सदस्यीय कार्यसमितिका दुई सदस्य चयन गरिनेछ ।

नवनिर्वाचित अध्यक्ष रानाभाटले प्रगतिवादी र प्रगतिशील वाङ्मयको उत्थानका काम गर्ने बताए ।

प्रकाशित मिति २०७९ पुस १० गते आइतबार ०५:०८
हजुरको प्रतिक्रिया