२०८३ असोज २३ गते शुक्रबार

कांग्रेस एम्बाप्पे भयो, धेरै गोल हाने पनि कप अर्कैले लग्योः विश्वप्रकाश शर्मा

कांग्रेस एम्बाप्पे भयो, धेरै गोल हाने पनि कप अर्कैले लग्योः विश्वप्रकाश शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ११ गते सोमबार १२:११

उनले फ्रान्सका एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै कांग्रेसले धेरै सिट जिते पनि कप अर्कैले लगेको टिप्पणी गरे ।

पोखरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रम विश्वकप फुटबलमा जस्तै भएको टिप्पणी गरेका छन् ।

उनले फ्रान्सका एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै कांग्रेसले धेरै सिट जिते पनि कप अर्कैले लगेको टिप्पणी गरे । ‘जितेर, हारेर पोखरा आएको हो । वर्ल्डकपमा एम्बाप्पले सबैभन्दा बढी हान्यो । मंसिर ४ मा कांग्रेसले सबैभन्दा बढी सिट जित्यो । एम्बाप्पेले बढी गोल पनि हान्यो, गोल्डेन बुट पनि जित्यो । तर कप अर्कैले जित्यो । त्यसकारण हामी एम्बाप्पे भएर आएको हो,’ पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा सोमबार बोल्दै उनले भने ।

उनले पाँच वर्षपछि कांग्रेस उदाउने दाबी गरे ।

प्रकाशित मिति २०७९ पुस ११ गते सोमबार १२:११
हजुरको प्रतिक्रिया