२०८३ साउन २१ गते बिहीबार

गण्डकी ११ लाई ३ गोलले हराउँदै मैत्रीपूर्ण फुटबलमा स्पेनी क्लब विजयी

गण्डकी ११ लाई ३ गोलले हराउँदै मैत्रीपूर्ण फुटबलमा स्पेनी क्लब विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १३ गते बुधबार ०४:५२

पोखरा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी अनिल गुरुङको कप्तानमा उत्रिएको गण्डकी ११ स्पेनको बी डिभिजन क्लब काथेरेन्यो क्लबसंग ३ गोलले पराजित भएको छ । लुम्बिनी गार्डेन फाउण्डेशनले शान्तिका लागि फुटबल भन्ने नारा दिएर आयोजना...

पोखरा

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी अनिल गुरुङको कप्तानमा उत्रिएको गण्डकी ११ स्पेनको बी डिभिजन क्लब काथेरेन्यो क्लबसंग ३ गोलले पराजित भएको छ ।

लुम्बिनी गार्डेन फाउण्डेशनले शान्तिका लागि फुटबल भन्ने नारा दिएर आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा गण्डकी ११ पराजित भएको हो । पोखरा रंगशालामा बुधबार सम्पन्न भएको खेलमा गण्डकी ११ ले गोल गर्न सकेन ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा क्याथेरेन्योको जितमा कारमेलो २ र स्पेनका पूर्व राष्ट्रिय खेलाडी माइकल कार्रलेरोले एक गोल गरेका थिए ।

क्याथेरेन्योले खेलको पहिलो हाफमा २ र दोस्रो हाफको अन्तिममा एक गोल गरेको थिया । खेलको २३ औं मिनेटमा क्याथेरेन्योका खेलाडी कारमेलोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । ३५ औं मिनेटमा माइकलले अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाए ।

खेलमा गण्डकी ११ माथि हाबी भएको थियो । दोस्रो हाफमा सुखद पुनरागमन गर्न खोजेपनि गण्डकी ११ असफल रह्यो । दोस्रो हाफको अन्तिम क्षण (४४ मिनेट) मा बेरमुले टिमका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।

गण्डकी ११ को टिमलाई अनिल गुरुङले कप्तानी गरेका थिए । खेलमा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि सहभागी थिए । उनी डिफेन्डरको जिम्मेवारी सम्हाल्दै खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

लुम्बिनी गार्डेन फाउन्डेसन आयोजना गरेको खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको थियो ।

उक्त टोलीले बिहीबार काठमाडौं ११ सँग काठमाडौं दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछन् ।

प्रकाशित मिति २०७९ पुस १३ गते बुधबार ०४:५२
हजुरको प्रतिक्रिया