२०८३ असोज २३ गते शुक्रबार

लामेआहालमा अस्थायी ल्यान्डफिल, पुँडीटारमा प्रशोधन केन्द्र बन्ने (भिडियोसहित)

लामेआहालमा अस्थायी ल्यान्डफिल, पुँडीटारमा प्रशोधन केन्द्र बन्ने (भिडियोसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १६ गते शनिबार १२:४३

पोखरा–३३ मा प्रशोधन केन्द्र नबन्दासम्म लामेआहालमा फोहोर व्यवस्थापन हुनेछ ।

पाोखरा । पोखरा महानगरपालिका–३२ लामेआहालमा अस्थायी ल्यान्डफिल बनाइने भएको छ ।

मेयर धनराज आचार्यले फोहोर व्यवस्थापन गर्न स्थानीयसँग सहमति भइसकेको शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए । पोखरा–३३ मा प्रशोधन केन्द्र नबन्दासम्म लामेआहालमा फोहोर व्यवस्थापन हुनेछ ।

पहिरो खसेको ठाउँमा खाल्डो बनाएर त्यहीँ फोहोर फाल्ने तयारी छ। ‘गुरुकुल, विद्याश्रम र राधाकृष्ण मन्दिरसहित स्थानीयको करिब ३० रोपनी जमिन पहिरोले खसेको छ । यसरी नै पहिरो खस्न थाले राजमार्गसम्म आउँछ । त्यहाँ फोहोर फालेर हरेक दिन त्यसलाई परिन्छ’ मेयर आचार्यले भने ।

आगामी हप्तादेखि लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहोर लगिने छ । नजिकैको हाइड्रो पावरको सुरूङबाट निक्लिएको माटोले पुरिने र यसो हुँदा पहिरोको समस्या समाधान हुने मेयर आचार्यको भनाइ छ ।

पोखरा ३३ पुँडीटारको झाँक्री खोलामा प्रशोधन केन्द्र बनाउने तयारी छ । यो प्रशोधन केन्द्र बनाउन कम्तीमा ६ महिना लाग्ने छ । प्रशोधन केन्द्र बनाउन सोमबारभित्र टेण्डर आह्वान् गरिने मेयर आचार्यले जानकारी दिए ।

प्रकाशित मिति २०७९ पुस १६ गते शनिबार १२:४३
हजुरको प्रतिक्रिया