२०८३ असोज २३ गते शुक्रबार

गण्डकीमा माओवादी संसदीय दलको नेता हरि चुमान, सबै दलले छाने नेता

गण्डकीमा माओवादी संसदीय दलको नेता  हरि चुमान, सबै दलले छाने नेता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १७ गते आइतबार ०३:१७

चुमान यसअघि पनि संसदीय दलको नेता थिए । एमाले–माओवादी मिलेर बनेको नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

पोखरा

नेकपा माओवादी केन्द्रले गण्डकीमा संसदीय दलको नेतामा हरिबहादुर चुमानको नाम सर्वसम्मतले निर्णय गरेको छ । पार्टीको केन्द्रीय कमिटीको सल्लाहका शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटीको बैठकले चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।

पार्टीले मात्र निर्णय गरेको र आइतबारै संसदीय दलको बैठकमा चुमानलाई सर्वसम्मत गराउन प्रस्ताव गर्ने माओवादी प्रदेश कमिटी इन्चार्ज हितराज पाण्डेले भने ।

चुमान यसअघि पनि संसदीय दलको नेता थिए । एमाले–माओवादी मिलेर बनेको नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

माओवादी संसदीय दलमा गोरखाका कृष्ण धितालले पनि दाबी गरेका थिए । त्यही कारणले शनिबार टुंगो लाग्न सकेको थिएन । चुमान माओवादी महासचिव देव गुरुङ समूहका हुन् भने धिताल उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहका मानिन्छन् ।

अघिल्लो निर्वाचनमा १२ सिट जितेको माओवादीले जम्मा ८ सिट जितेको छ । तर, सरकार बनाउन माओवादी गण्डकीमा पनि निर्णय शक्ति हो ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादी ८, राप्रपाका २ सांसदले सरकार बनाउन पुग्ने बहुमत देखिन्छ । गण्डकीमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट २७ जना सांसद छन् भने मनाङबाट स्वतन्त्र जितेका दीपक मनाङे प्रवेश गरेपपछि शून्य रहेको एकीकृत समाजवादीबाट पनि एक सांसद भएका छन् ।

गण्डकी प्रदेशमा सबै दलले दलको नेता चुनिसकेका छन् । एमालेमा खगराज अधिकारी, कांग्रेसमा सुरेन्द्रराज पाण्डे, माओवादीमा चुमान र राप्रपामा पञ्चराम तमु दलको नेता चयन भएका छन् ।

प्रकाशित मिति २०७९ पुस १७ गते आइतबार ०३:१७
हजुरको प्रतिक्रिया