२०८३ साउन २१ गते बिहीबार

अमेरिकामा गोली हानेर नेपालीको हत्या

अमेरिकामा गोली हानेर नेपालीको हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २३ गते शनिबार ११:१०

५३ वर्षीय लामिछानेले त्यहाँ स्टोर पसल सञ्चालन गर्दै आएका थिए ।

तनहुँ

तनहुँको दमौली घर भएका भेषराज लामिछानेको अमेरिकामा हत्या भएको छ । अमेरिकाको हुइट्रिज कोलोराडोमा अस्ति बिहीबार बन्दुकधारीले गोली हानेर उनको हत्या गरेको हो ।

५३ वर्षीय लामिछानेले त्यहाँ स्टोर पसल सञ्चालन गर्दै आएका थिए । उनलाई गोली हान्ने लुटेरालाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा अमेरिकन प्रहरीले २६ वर्षीय शावनाथन डिएन्जेलो चान्सलाई पक्राउ गरेको हो । शावनाथनले लामिछानेको हत्या गरी उनको गाडी चोरी फरार भएका थिए । उनलाई १४ घण्टापछि प्रहरीले पक्राउ गरेको हो ।

सन २०१४ मा लामिछानेलाई डिभी परेपछि उनी परिवारसहित अमेरिका पुगेका हुन् । उनका चार छोराछोरी र श्रीमती छन् ।

 

प्रकाशित मिति २०७९ पुस २३ गते शनिबार ११:१०
हजुरको प्रतिक्रिया