२०८३ असोज २३ गते शुक्रबार

प्रदेश सरकारमा भागवण्डा मिलाउन सत्ता साझेदार दलको बैठक बस्दै

प्रदेश सरकारमा भागवण्डा मिलाउन सत्ता साझेदार दलको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २४ गते आइतबार ०९:४७

विश्वासको मतलिनु अगाडि नै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड लागि परेका छन् ।

काठमाडौं

प्रदेश सरकारमा भागवण्डा मिलाउन सत्ता साझेदार दलहरुको आज बैठक बस्दैछ । स्रोतका अनुसार सातवटै प्रदेशमा प्याकेजमा सहमति खोज्ने प्रयास आजको बैठकमा हुनेछ । अहिले बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्नेछ ।

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे बैठकमा छलफल हुनेछ । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने स्रोतको दाबी छ ।

प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुबैले दाबी गर्दै आएका छन् । बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि सम्म छ । बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् । गण्डकीमा एमालेलाई मुख्यमन्त्री दिने विषयमा लगभग सहमति भएको नेताहरुको भनाइ छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने समय तोकिएको छ । विश्वासको मतलिनु अगाडि नै प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड लागि परेका छन् ।

 

प्रकाशित मिति २०७९ पुस २४ गते आइतबार ०९:४७
हजुरको प्रतिक्रिया