२०८३ असोज २३ गते शुक्रबार

कास्की सिक्लेस–भुल्कुचादेखि कोरीसम्म केबलकार बन्न नदिन सर्वोच्चमा रिट

कास्की सिक्लेस–भुल्कुचादेखि कोरीसम्म केबलकार बन्न नदिन सर्वोच्चमा रिट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २४ गते आइतबार ०७:०९

सरकारले आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको सिक्लेस अन्नपूर्ण केवलकार आयोजना निर्माण गर्न दिने निर्णय गरेको थियो

पाेखरा

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र बिनाप्रतिस्पर्धा व्यापारिक घरानालाई केवलकार निर्माण गर्न दिने सरकारको निर्णय बदर गर्न माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वातावरण कानुन समाजका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

सरकारले आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको सिक्लेस अन्नपूर्ण केवलकार आयोजना निर्माण गर्न दिने निर्णय गरेको थियो ।

यो आयोजना कास्कीको मादी गाउँपालिका–१ सिक्लेस–भुलकचादेखि वडा २ को कोरीसम्म ६.८ किलोमिटर लामो हुने बताइएको छ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)भित्र पर्छ ।

मंसिर १३ गते तत्कालीन वन तथा वातावरण मन्त्रालयका सचिव पे्रम कँडेलले जागिरबाट अवकास पाउने अघिल्लो दिन उक्त आयोजनाको वातवारणीय प्रभाव मूल्यांकन प्रतिवेदन पारित गर्ने निर्णय गरेका थिए ।

रिटमा संरक्षण क्षेत्रको रुपमा घोषणा भएको सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा कुनै पनि भौतिक संरचना बनाउने कार्य नगर्नू÷नगराउनू भन्ने परामदेश माग गरिएको छ ।

प्रकाशित मिति २०७९ पुस २४ गते आइतबार ०७:०९
हजुरको प्रतिक्रिया