२०८३ साउन २१ गते बिहीबार

किंग्स इलेभेन पञ्जावकाे दाेस्राे जीत, बैंग्लाेर ८ विकेटले पराजित

किंग्स इलेभेन पञ्जावकाे दाेस्राे जीत, बैंग्लाेर ८ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ३० गते शुक्रबार १२:०१

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) टि ट्वान्टी क्रिकेटमा किंग्स इलेभेन पञ्जावले राेयल च्यालेन्जर्स बैंग्लाेरलाई ८ विकेटले पराजित गरेकाे छ । टस जितेर पहिले ब्याटिङ गर्दै बैंग्लाेरले निर्धारित २० ओभरमा पञ्जाव सामु १७२ रनको...

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) टि ट्वान्टी क्रिकेटमा किंग्स इलेभेन पञ्जावले राेयल च्यालेन्जर्स बैंग्लाेरलाई ८ विकेटले पराजित गरेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै बैंग्लाेरले निर्धारित २० ओभरमा पञ्जाव सामु १७२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रेकाे पञ्जावले २ विकेटको क्षतिमा १७७ रन बनाउँदै जारी आईपीएलमा दाेस्राे जीत हात पार्याे ।

बैग्लाेरका लागि कप्तान बिराट काेहलीले सर्वाधिक ४८ रन जाेडे ।  ओपनर एराेन फिन्चले २० तथा देवदत्त पैडिक्कलले १८ रन जाेडेर सन्ताेषजनक शुरूवात दिलाएपनि मिडिल अर्डरमा एकपछि अर्काे गर्दै विकेट गुमाएकाे बैंग्लाेरका लागि वासिङटन सुन्दरले १३ र  शिभम दुबेले २३ रन जाेडे । एबि डिभिलियर्सलाइ मात्र २ रनमा गुमाएकाे बैग्लाेरका लागि  क्रिस माेरिसले मात्र ८ बल खेलेर २५ रन तथा इसुरू उडानाले ५ बल खेलेर १० रन जाेडदै सम्मानजनक स्काेरसम्म पुर्याए । माेरिस तथा उडानाले अन्तिम ओभरमा २४ रन जाेडेका थिए । १७१ रनकाे कुल स्काेरमा अतिरिक्त १२ रन पाएकाे बैग्लाेरकाे पारी समाप्त हुँदा माेर्गन अश्विनले २ तथा माेहम्मद सामीले २ विकेट हात पारे । पञ्जावका लागि अर्सदीप सिंह र क्रिस जाेर्डनले समान एक/एक विकेट लिए ।

१७२ रनकाे जवाफी ब्याटिङमा उत्रेकाे पञ्जावका लागि ओपनर मयंक अग्रवाल र कप्तान केएल राहुलले शानदार शुरूवात दिलाए । पवेलियन फर्कनु अघि अग्रवालले मात्र २५ बल खेलेर ४ चाैका र ३ छक्काकाे मद्दतमा ४५ रन जाेडे । जारी आईपीएलमा पहिलाे पटक टाेलीकाे लागि खेलेका यूनिभर्सल बाेस क्रिस गेलसंग कप्तान लाेकेश राहुलकाे जाेडी जम्दा बैंग्लाेर हारबाट बच्न सकेन । कप्तान राहुलले ६१ रनकाे अविजित पारी खेले । उनकाे पारीमा १ चाैका र ५ छक्का समावेश थियाे ।

अन्तिम ओभरकाे अन्तिम बलसम्म पुगेकाे राेमाञ्चक खेलमा युजवेन्द्र चहलकाे एक बल बाँकी छँदा रन आउट भएका क्रिस गेलले ४५ बल खेल्दै ५३ रन बनाए । उनकाे पारीमा समेत लाेकेश राहुलकै समान १ चाैका र ५ छक्का समावेश रह्याे । जितका लागि मात्र १ रन आवश्यक भएकाे बेला क्रिजमा उत्रेका निकाेलस पुरनले चहलकाे अन्तिम बलमा छक्का प्रहार गर्दै पञ्जावकाे जीत सुनिश्चित गरे ।

किंग्स इलेभेन पञ्जावका कप्तान लाेकेश राहुल प्लेयर अफ द म्याच रहे ।

जितका बाबजुद पञ्जाव अंकतालिकाकाे पुछारमा छ । कुल ८ खेलेकाे उसले मात्र २ मा जित हात पारेकाे छ भने अन्य ६ खेलमा पराजित बनेकाे छ । प्लेअपमा उसकाे झिनाे सम्भावना मात्र बाँकी छ र जसका लागि उसले बाँकी सवै खेलहरू जित्नुपर्नेछ । यता, हारका बाबजुद बैग्लाेर अंकतालिकाकाे तेस्राे स्थानमा छ । उसले कुल ८ खेल खेल्दा ५ मा जित र ३ मा हार व्यहाेरेकाे छ । समान ८ खेलेकाे दिल्ली ६ जितका साथ अंकतालिकाकाे शिर्षस्थानमा रहँदा एक खेल कम खेलेकाे मुम्बइ पाँच जितका साथ दाेस्राे स्थानमा छ । शुक्रबार मुम्बइले अंकतालिकाकाे चाैथाे स्थानमा रहेकाे काेलकत्तासंग खेल्नेछ ।

प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार १२:०१

हजुरको प्रतिक्रिया