२०८३ असोज २३ गते शुक्रबार

‘धुनहरुमा दीपानारायण झा’ सांगितिक कार्यक्रमका लागि पोखरेली कलाकार व्यस्त

‘धुनहरुमा दीपानारायण झा’ सांगितिक कार्यक्रमका लागि पोखरेली कलाकार व्यस्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २७ गते बुधबार ०७:५९

हार्मोनी पोखरा आबद्ध पोखराका गायिकाहरु इतु जोजिजु, रजनी ऋदम राई, कौशल्या गुरुङ, लक्ष्मी गिरि लगायत पोखरा नयाँबजारमा व्यस्त भेटिए ।

पब्लिक टेलिभिजनबाट प्रत्यक्ष प्रसारण

पोखरा
हार्मोनी पोखराले पुष २९ गते आयोजना गर्न लागेको ‘धुनहरुमा दीपा नारायण झा’ सांगितिक कार्यक्रमको तयारी तीव्र रुपमा चलिरहेको छ । पोखरेली कलाकारहरुको तयारी अहिले चलिरहेको छ ।

पोखरा सभागृहमा दिउसो ४ बजेबाट सुरु हुने कार्यक्रममा २२ भन्दा बढी गित गुन्जदै छन् । जसका लागि कलाकारहरुको व्यस्तता अहिले बढेको हो ।

हार्मोनी पोखरा आबद्ध पोखराका गायिकाहरु इतु जोजिजु, रजनी ऋदम राई, कौशल्या गुरुङ, लक्ष्मी गिरि लगायत पोखरा नयाँबजारमा व्यस्त भेटिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनले गर्दैछ ।

यस सम्बन्धी एक रिपोर्टः

 

प्रकाशित मिति २०७९ पुस २७ गते बुधबार ०७:५९
हजुरको प्रतिक्रिया