पोखरा
मिस तामाङको फाइनल भोलि आइतबार पोखरामा हुने भएको छ । पोखरा सभागृहमा मिस तामाङको फाइनल प्रतिष्पर्धा हुन लागेको हो । युवा पुस्तालाई कला, संस्कृतिको जर्गेनाका लागि सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए । बढ्दो आधुनिकतासँगै आफ्नो संस्कार र संस्कृतिबारे युवा पुस्ताको चासो कमहुँदै गएकाले तामाङ समुदायको संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक राम लामाले जानकारी दिए ।
सातौं संस्करण प्रतियोगितामा लक्ष्मी तामाङ, रेनुका तामाङ, अर्विना तामाङ, जुना तामाङ, निशा तामाङ, बिकिता तामाङ, सुप्रिया तामाङ, योगिता तामाङ, आकृति तामाङ, विपना तामाङ, मनिषा तामाङ, जिना तामाङ, सुमित्रा तामाङ, कृतिका तामाङ र रोश्मा तामाङ प्रतियोगीका रुपमा सहभागी छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैंयाँ पुरस्कार, ताज, ट्रफी, फस्ट रनरअपले नगद ५० हजारसहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै सेकेन्ड रनरअपले नगद ३० हजार रुपैंयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एक जनाले नगद २० हजारले पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक लामाले जानकारी दिए ।
कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक बताए । कार्यक्रममा कालो चश्मा गीतका चर्चित गायिका तथा कलाकार डोल्मा ह्याल्मोले गीत गाउने छन् । कार्यक्रम गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कलाकार तथा वरिष्ठ पाइलट विजय लामा कार्यक्रमको आकर्षण रहनेछन् ।
प्रकाशित मिति २०७९ पुस ३० गते शनिबार ०९:३१




