२०८३ कात्तिक १० गते सोमबार

सञ्चारकर्मी मुनाकाे ‘तेल चाहियो’ बजारमा

सञ्चारकर्मी मुनाकाे ‘तेल चाहियो’ बजारमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ७ गते आइतबार ०२:४०

पाेखरा । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तेल चाहियो’ सार्वजनिक भएकाे छ। गीतमा चर्चित गायिका देवी घर्तीको स्वर रहेको छ। गीतका शब्द तथा संगीत मुना देवकोटाले तयार पारेकी हुन् भने याम थापा...

पाेखरा ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तेल चाहियो’ सार्वजनिक भएकाे छ। गीतमा चर्चित गायिका देवी घर्तीको स्वर रहेको छ। गीतका शब्द तथा संगीत मुना देवकोटाले तयार पारेकी हुन् भने याम थापा मगरले एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ ओजोन स्टुडियोमा गरिएको हो।

गीतमा देवकोटा र कुसुम रेग्मीको अभिनय रहेको छ। व्यवस्थापन फूलमुन डान्स स्टुडियोले गरेको हो भने मेकअप आर्टिस्टका रूपमा बिनिता तामाङले काम गरेकी छन्। गीतको निर्माण फलानो क्रियसनले गरेको हो।

त्यस्तै, गीतको छायांकन गणेश सापकोटाले गरेका छन्। भिडियोको सम्पादन तथा कलर सुभाष अम्गाईंले गरेका हुन् भने कोरियोग्राफी तथा निर्देशन कपिल श्रेष्ठले गरेका छन्।
देवकाेटा पब्लिक फाेरके टेलिभिजनकाे चर्चित कार्यक्रम कला संवादका प्रस्ताेता समेत हुन् ।

प्रकाशित मिति २०८३ भदौ ७ गते आइतबार ०२:४०
हजुरको प्रतिक्रिया