तनहुँ
दमौलीमा गल्स नाइट आयोजना गरिएको छ । दमौलीयान्स युथ क्लबले गल्स नाइटको आयोजना गरेको हो ।
विपी बनबाटिकामा माघ ३ गते वुमेन इमपावरमेन्ट सोसियल क्याम्पेन अन्तर्गत गल्स नाइट आयोजना गरिएको आयोजकले जनाएको छ । माइती नेपालकी संस्थापक तथा सिएनएन हिरो (२०१०) विजेता अनुराधा कोइराला गल्स नाइटमा सहभागी हुन आउनेछिन् । गायिका आस्था राउत, तिर्सना गुरुङ र डिजे केशिकाको प्रस्तुती रहनेछ ।
महिलाहहरुमा सचेतना अभिवृद्धि गराउदै सशक्त बनाउनलाई कार्यक्रम गरेको क्लबका अध्यक्ष सुदिप कार्कीले बताए । ‘अहिले पनि समाजमा महिलाहरुमा सुरक्षाका चुनौतिको साथै विभिन्न बहानामा अवसरबाट बञ्चित बनाउने परिपार्टी छ । महिलाहरुलाई आफ्नो हक अधिकारका बारेमा जागरुक बनाउन महिला सशक्तिरण सामाजिक अभियान थालेका छौं’, उनले भने ।
दमौलीमा सम्पन्न भएपछि गल्स नाइट झापा, बुटबल, काठमाडौँ लगायतका शहरमा पनि आयोजना गरिनेछ ।
समाजमा अहिले पनि महिलालाई आत्मनिर्भर र स्वतन्त्र ढंगले काम गर्ने, यात्रा गर्ने वातावरण नभएकाले उनीहरुलाई सशक्त बनाउन कार्यक्रम आयोजना गरेको क्लबकी सदस्य सलिना कुमालको भनाइ छ ।
प्रकाशित मिति २०७९ पुस ३० गते शनिबार १२:०४




