२०८३ असोज २३ गते शुक्रबार

उनले लेखेकी थिइन्, ‘पोखरामा रमाइलो गर्नुपर्छ’

उनले लेखेकी थिइन्, ‘पोखरामा रमाइलो गर्नुपर्छ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०८:२३

निराले माघ ३ गते म्याग्दीको बेनीमा जारी सातौं म्याग्दी महोत्सव र ४ गते गृहजिल्ला बाग्लुङको काठेखोलामा आयोजना भएको महोत्सवमा प्रस्तुती राख्ने पालो थियो ।

पोखरा

‘काठमाडौंको माघी सकियो अब भोलि रमाइलो गर्नुपर्छ’, शनिबार साँझ लोकदोहोरी गायिका निरा छन्त्यालले फेसबुकमा केही फोटो सहित पोस्ट गरिन् ।

आइतबार विहान मुसुक्क मुस्कुराएको तस्बिरको साथमा शुभकामना टक्रयाँउदै लेखिन्, ‘माघे सक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यो शुभकामना दिए निरा यति एयरको विमान चढेर आकाशको बाटो हुँदै पोखराको यात्रामा निस्किइन् । दिउँसो १२ बजे उनको पोखरामा नेपाल छन्त्याल संघले आयोजना गरेको १० औं अन्तर छन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगितामा प्रस्तुती थियो । माघे सक्रान्ति गण्डकी प्रदेशमा मगरहरुले भव्यताका साथ मनाउछन् । भलिबल प्रतियोगितामा माघे सक्रान्तिको दिन निरालाई मुख्य आकर्षण भनेर आयोजकले पोस्टर तयार पारेर प्रचारप्रसार गरेको थियो ।

कार्यक्रम भेट्नलाई निराले काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडान भरेको यति एयरलाइन्सको चढिन । एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमान चढेको उनले पोखरा झरेर रमाईलो गर्न पाइनन् । उनले चढेको विमान २२ मिनेटमा पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुल नजिकै सेती नदी खोंचमा खसेर दुर्घटना हुँदा मृत्यवरण गरेकी छन् ।

विमान दुर्घटनामा परेको मृत्यु भएपछि बाग्लुङबाट उनको परिवारका सदस्य र आफन्त पोखरा आएका छन् ।
२२ वर्षीया छन्त्याल पाँच वर्षदेखि काठमाडौं छिरेर लोकदोहोरी गायनमा आबद्ध छन् । उनका एल्बम भन्दा लाइभ दोहोरी धेरै छन् । बाग्लुङको बडिघाट गाउँपालिका–३ सिसाखानीकि उनका रेकर्डे गीत ‘मुख खोली आइ लब यु’, ‘बुकी’, ‘संगिनी’ आफ्नै च्यानलबाट उनले लाइभ दोहोरी गाउने गर्थिन् ।

निराको माघ ३ गते म्याग्दीको बेनीमा जारी सातौं म्याग्दी महोत्सव र ४ गते गृहजिल्ला बाग्लुङको काठेखोलामा आयोजना भएको महोत्सवमा प्रस्तुती राख्ने पालो थियो ।
दुर्घटनाको ३ दिन अगाडि उनले फेसबुकमा लेखेकि थिइन्, ‘सानो होस या ठुलो । तर, बाबा आमाको कोखमा जन्म लिएको २२ औं वर्षमा बाबाको एउटा सपना पुरा गर्न पाएको छु ।’ तर, अरु सपना पूरा गर्न नपाई मिरा सदाका लागि अस्ताएकी छन् । अजरअमर रहनेछन् त उनले गाएका गीतहरु ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०८:२३
हजुरको प्रतिक्रिया