२०८३ कात्तिक ११ गते मंगलबार

नहरमा भेटियो जहाज दुर्घटनाका एक शव, अझै एक अज्ञात

नहरमा भेटियो जहाज दुर्घटनाका एक शव, अझै एक अज्ञात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ३ गते मंगलबार ०५:४७

यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ

पाेखरा

पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ ।

दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।

यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिक शाहीले जानकी दिए ।

मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो ।

७२ जना चढेको विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।

शाहीले सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको जानकारी दिए ।

सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ ।

प्रकाशित मिति २०७९ माघ ३ गते मंगलबार ०५:४७
हजुरको प्रतिक्रिया