२०८३ असोज २३ गते शुक्रबार

के हो प्रसाद २ मा कोरस डान्सर ढलेको लफडा ?

के हो प्रसाद २ मा कोरस डान्सर ढलेको लफडा ?

विकास रोका मगर

@facebook

२०७९ माघ ८ गते आइतबार ०८:११

कास्कीको माछापुच्छ्रे गाउँपालिका, ल्वाङ गाउँमा भएको सुटिङमा एकजना कोरस डान्सर ढलेपछि पनि निर्माता युनिटले बेवास्ता गरेको भन्दै अहिले विवादित बनेको छ ।

पोखरा

सुरुआती समयदेखि नै पटकपटक आन्तरिक विवादमा पर्दै आएको चलचित्र प्रसाद २ मा फेरि लफडा भएको छ । यसअघि पनि कलाकार तथा उनीहरुको पारिश्रमिकका विषयलाई लिएर सुटिङसमेत प्रभावित हुँदै आएको थियो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका, ल्वाङ गाउँमा भएको सुटिङमा एकजना कोरस डान्सर ढलेपछि पनि निर्माता युनिटले बेवास्ता गरेको भन्दै अहिले विवादित बनेको छ ।

आफूलाई सामाजिक अभियानताका रुपमा चिनाउँदै आएकी गिभिना मगरले केही दिनअघि सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्र्दै सपना महर्जन नामकी कोरस डान्सर सुटिङ युनिटमै ढल्दा पनि समयमै अस्पताल नपु¥याउँदा एउटा हात र खुट्टा नचल्ने अवस्थामा पुगेको दाबी गरेकी छन् । गिभिनाले राखेको उक्त भिडियो अहिले भाइरल छ ।

भिडियोमा कमेन्ट गर्नेहरु फिल्म निर्माण पक्ष र कलाकारमाथि खनिएका छन् । उनीहरुले फिल्म बहिस्कारदेखि निर्माण युनिटलाई कारबाही गर्नुपर्नेसम्मका माग राखेका छन् ।

सामाजिक सञ्जालमा चलचित्र प्रसाद २ को बहिस्कार अभियानै चलाएपछि निर्माण पक्षले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरेको छ । पत्रकार सम्मेलनमा निर्देशक सुदर्शन थापा, कलाकार प्रकाश घिमिरे र प्रत्यक्षदर्शी कोरस डान्सर उपस्थित थिए ।

निर्माण पक्षका अनुसार ‘प्रसाद २’ को एउटा गीतको छायाँकनका लागि पोखराबाट ९ जना डान्सर लगिएको थियो । चलचित्र निर्देशक सुदर्शन थापाले फिल्म असफल बनाउन गम्भीर आरोप लगाएको स्पष्टिकरण दिएका छन् । उनले सुटिङका क्रममा सपनाको स्वास्थ्य अवस्था ठिक रहेकोसमेत जिकिर गरे ।

सपनासँगै रहेका अन्य साथीहरुले उनको स्वास्थ्य बिग्रिएकोबारे निर्माण पक्षलाई जानकारी दिएपछि चिसोको कारण आशंका गर्दै तेल लगाइदिएको र त्यसपछि पोखरा पठाइएको सुनाए ।कलाकार प्रकाश घिमिरेले आफू पनि घटनाको प्रत्यक्षदर्शी रहेको र आरोपमा कुनै सत्यता नभएको दाबी गरे ।

सपनासँगै नृत्य गरेकी एलिसा तामाङले सपनामा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको दाबी गरिन् । उनले सपनाले एक्कासि टाउको दुखेको भन्दै उल्टी गर्न थालेको सुनाइन् ।

बैशाख १ गतेदेखि प्रदर्शनमा आउने भनिएको प्रसाद २ मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ । फिल्म जातीयविभेद विरुद्ध सन्देश बोकेको कलाकार घिमिरेले जानकारी दिए ।

सअघि पनि फिल्मका कलाकारका पारिश्रमिकको विषयमा विवाद भएपछि सुटिङस्थल पुगिसकेको काठमाडौं फर्किनु परेको थियो । फिल्म सुटिङका दौरान विवाद बढ्दै गएपछि निर्माता सुवाष थापाले मध्यस्थताको भूमिका निभाइदिन निर्माता संघमा उजुरी नै दिएका थिए ।

प्रकाशित मिति २०७९ माघ ८ गते आइतबार ०८:११
हजुरको प्रतिक्रिया