पोखरा
सहारा क्लब पोखराले तमुधीं यूकेको टोलीलाई स्वागत गरेको छ । बिहीबार सहारा क्लव पोखराले दोविल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’मा यूकेको टोलीलाई स्वागत गरेको हो ।
कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताए ।
खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले तमुधीं यूकेको टोलीलाई पोखरामा स्वागत गर्दै मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्डमा तमुधीं यूकेले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
तमुधीं यूकेले एकेडेमीलाई ५५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष हरि गुरुङले क्लबका अध्यक्ष हरिराम गुरुङ सुरज, कोषाध्यक्ष विनु रानामगरलाई हस्तान्त्रण गरे । संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङका छोरा बेन्जेमेन गुरुङले एकेडेमीमा रहेका बालकहरुको खाजा तथा खानाका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रकाशित मिति २०७९ माघ १२ गते बिहीबार ०७:४८