२०८३ साउन २१ गते बिहीबार

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ १८ गते बिहीबार ०१:३१

यसअघि राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई भन्नेमा नेकपाभित्र विवाद थियो।

प्रधानमन्त्री ओलीले नै गरे प्रस्ताव

सत्तारूढ नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रिय सभा सदस्यमा गौतम सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

यसअघि राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई भन्नेमा नेकपाभित्र विवाद थियो।

बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस गरेको उनले जानकारी दिए।

राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्य पद छ महिनादेखि रिक्त थियो।

‘एउटा रिक्त स्थानमा उपाध्यक्षलाई सरकारको तर्फबाट मनोनयनका लागि राष्ट्रपतिलाई सिफारिस गरिनेछ मात्रै प्रधानमन्त्रीले भन्नुभयो,’ श्रेष्ठले भने, ‘हाम्रो पार्टीमा भएको निर्णय यही हो।’

प्रवक्ता श्रेष्ठले स्थायी कमिटी बैठक छिटै बस्ने पनि बताए।

प्रकाशित मिति २०७७ भदौ १८ गते बिहीबार ०१:३१
हजुरको प्रतिक्रिया