२०८३ मंसिर ९ गते मंगलबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ९ गते मंगलबार ११:५४

उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरा ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, सरकारको काम र शैलीको समीक्षा, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौं’ अभियानको सञ्चालन मोडालिटी, बाढी प्रभावितका लागि पुनर्वास, सुकुम्बासीका समस्या लगायतका एजेन्डामा छलफल हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

 

 

प्रकाशित मिति २०८३ मंसिर ९ गते मंगलबार ११:५४
हजुरको प्रतिक्रिया