२०८३ असोज २४ गते शनिबार

पोखरामा क्यानको बैठक सुरु, असन्तृष्ट ७ सदस्य अनुपस्थित

पोखरामा क्यानको बैठक सुरु, असन्तृष्ट ७ सदस्य अनुपस्थित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १७ गते मंगलबार ०६:३९

बैठकस्थलमा फोटो खिच्न प्रवेश गरेका पत्रकारसँग छोटो जवाफ दिँदै अध्यक्ष चन्दले भने, ‘दोहोरी खेल्ने पक्षमा हामी छैनौं ।’

पोखरा

नेपाल क्रिकेट संघ क्यानको बैठक पोखरामा सुरु भएको छ । असन्तृष्ट पक्षका ७ सदस्यको अनुपस्थितीमै बैठक सुरु भएको हो ।

मंगलबार साँझ सुरु भएको बैठकले एजेन्डामाथि छलफल थालेको छ । मंगलबार विहान पोखराको ड्यामसाइडस्थित होटल एलो प्यागोडामा बैठकमा अपौचारिक छलफल सुरु नहुँदै ऋषिराम गौतमसँगै छुम्बी लामा, करण महतारा क्षेत्री, दाउद अन्सारी, अमितवीर पाण्डे, धर्मराज गिरी र संजयराज सिंहले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग्दै बैठकमा सहभागी नहुने घोषणा गरेपछि स्थगीत भएको हो ।

दिउँसो ४ बजेसम्म असन्तृष्ठ पक्षलाई बैठकमा सहभागी हुन समय दिएको थियो । ५ बजेपछि असन्तृष्ट पक्षले पोखराको जिरोकिलोमिटरमा पत्रकार सम्मलेन गर्दै नैतिकताको आधारमा अध्यक्षले राजीनामा दिनुपर्ने जानकारी गराए ।

पत्रकार सम्मेलन सुरु भएपछि क्यानको बैठक पनि सुरु भएको सहभागि एक सदस्यले बताए । ‘उहाँहरुलाई ४ बजेसम्म समय दिएका थियौं । पत्रकार सम्मलेन गरेपछि बैठक सुरु भयो’, ती सदस्यले भने ।

बैठकस्थलमा फोटो खिच्न प्रवेश गरेका पत्रकारसँग छोटो जवाफ दिँदै अध्यक्ष चन्दले भने, ‘दोहोरी खेल्ने पक्षमा हामी छैनौं ।’ बैठक सकिएपछि निर्णय सार्वजनिक गर्ने अध्यक्षले चन्दले बताए ।

प्रकाशित मिति २०७९ माघ १७ गते मंगलबार ०६:३९
हजुरको प्रतिक्रिया