२०८३ साउन २१ गते बिहीबार

संशोधन विधेयक पारित, रकमान्तर गर्ने बाटो खुल्यो (भिडिओ)

संशोधन विधेयक पारित, रकमान्तर गर्ने बाटो खुल्यो (भिडिओ)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २७ गते शुक्रबार ०४:०४

गण्डकी प्रदेश सभाबाट विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

पोखरा । विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक गण्डकी प्रदेश सभाबाट पारित भएको छ ।

प्रदेश सभाको शुक्रबारको बैठकबाट यो संशोधन विधेयक पारित भएको हो ।

पूर्ववर्ती सरकारले ल्याएको बजेटमा आफ्ना योजना समेट्न हालको सरकारले ऐन संशोधन गरेर रकमान्तर गर्ने बाटो खुलेको छ । अब एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारले बजेटमा नभएका योजनालाई रकम छुट्याउन सक्ने छ ।

संशोधन विधेयक आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले गत २० माघको बैठकमा प्रस्तुत गरेकी थिइन् । त्यसपछि गत २४ माघमा सैद्धान्तिक छलफल भएको थियो ।

दफावार छलफलपछि शुक्रबार उक्त संशोधन विधेयक निर्णयार्थ प्रस्तुत भएको थियो । विपक्षी दल कांग्रेस तटस्थ बसेपछि सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति २०७९ माघ २७ गते शुक्रबार ०४:०४
हजुरको प्रतिक्रिया