२०८३ असोज २३ गते शुक्रबार

राजस्थानसंग पराजित भएसंगै चेन्नाइकाे प्लेअफ यात्रा कठिन

राजस्थानसंग पराजित भएसंगै चेन्नाइकाे प्लेअफ यात्रा कठिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ४ गते मंगलबार ०७:२६

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्यले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले पराजित गरेको छ । अबुधाबीमा सम्पन्न खेलमा टस जितेर पहिलो ब्याटिङ गरेकाे चेन्नईले १ सय २६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा...

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्यले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले पराजित गरेको छ । अबुधाबीमा सम्पन्न खेलमा टस जितेर पहिलो ब्याटिङ गरेकाे चेन्नईले १ सय २६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा राजस्थानले उक्त लक्ष्य १७.३ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । यो सिजन राजस्थानले चेन्नईलाई दोस्रो पटक पराजित गरेको हो । सिजनको सातौँ हारसँगै चेन्नईको प्लेअफको यात्रा कठिन बनेको छ । उता, राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

राजस्थानलाई जीत दिलाउन जोस बटलरले आईपीएलमा आफ्नो ११ औँ अर्धशतक लगाए । उनले ४८ बलमा नटआउट रहँदै ७० रन बनाए । बटलरले चौथो विकेटका लागि स्टिभ स्मिथसँग मिलेर ९८ रनको साझेदारी गरे । उनी म्यान अफ द म्याच चुनिए । स्मिथले नटआउट रहँदै २६ रन बनाए ।

दुई जनाले ५ ओभरमा ४५ रन बटुल्दै टोलीलाई जीत दिलाए । चेन्नईका लागि दीपक चाहरले २ तथा जोश हेजलवुडले १ विकेट लिए ।

यसअघि, पहिलो ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा मात्र १२५ रन बनाउन सक्यो । रविन्द्र जडेजाले सर्वाधिक ३५ तथा कप्तान महेन्द्रसिंह धोनीले २८ तथा सैम करनले २२ रन बनाए । यो सिजनको कुनै पनि टोलीले प्रस्तुत गरेको सबैभन्दा सानो लक्ष्य हो । यसअघि कोलकाताबिरुद्ध हैदराबादले १४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

यो खेलमा धोनीले आईपीएलमा २ सयौँ खेल पुरा गरे भने उनले चेन्नईका लागि ४ हजार रन पनि पुरा गरे । त्यस्तै, खेलमा सञ्जु स्याम्सनलाई क्याच गदै १५० औँ शिकार बनाए ।

आजको खेलमा पञ्जाब र दिल्ली भिड्नेछन् ।

प्रकाशित मिति २०७७ कात्तिक ४ गते मंगलबार ०७:२६
हजुरको प्रतिक्रिया