२०८३ असोज २३ गते शुक्रबार

चलचित्र पत्रकार संघ कास्कीमा प्रभुु, रेम र राजारामलाई पुुरस्कार

चलचित्र पत्रकार संघ कास्कीमा प्रभुु, रेम र राजारामलाई पुुरस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २८ गते शनिबार ०८:३६

संघले अधिवेशनको अवसरमा ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ समेत प्रदान गरेको छ ।

पोखरा

चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु अधिकारी निर्वाचित भएका छन् । संघको शनिबार भएको पाँचौ अधिवेशनबाट अधिकारी सर्वसम्म अध्यक्षमा निर्वाचित भए ।

उपाध्यक्षमा अर्पण तिवारी चयन भए । सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ चयन भएका छन् ।

कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी रहेका छन् । केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान्त घिमिरे चुुनिए ।

संघले अधिवेशनको अवसरमा ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ समेत प्रदान गरेको छ । वर्ष २०७८ को पुुरस्कार रेम विकलाई प्रदान गरेको छ । यो वर्षको पुुरस्कार राजाराम पौडेलले प्राप्त गरे । पुुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुुरस्कार प्रदान गरे । मेयर आचार्यले पोखरालाई फिल्म सिटीको रुपमा विकास गर्ने योजना सुुनाए । उनले फिल्म सिटी बनाएर पनि पर्यटक भित्राउन सकिने उल्लेख गरे ।

 

प्रकाशित मिति २०७९ माघ २८ गते शनिबार ०८:३६
हजुरको प्रतिक्रिया