पोखरा
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुुन ६ गते पोखरामा हुुने १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तिब्र पारिएको छ । नेपालकै जेठो पोखरा म्याराथनमा यसपाली एकैदिन ८ इभेन्टमा प्रतिस्पर्धा हुुँदैैछ ।
सहभागिताका लागि धावहले नाम दर्ता गराउने क्रम जारी छ । ’रन फर फन’ इभेन्टमा सहभागी हुुनलाई एक ८५ वर्षीय वृद्वले नाम दर्ता गराएका छन् ।
पोखराका ८५ वर्षिय पूर्णप्रसाद तुलाचनले म्याराथनमा सहभागीता जनाउनका लागि नाम दर्ता गराएका हुुन् । तुुलाचनले आफूूले ५ किलोमिटरको दौड पुरा गर्ने बताए ।
उनले पोखरा म्यारथनमा उर्जा थप्न हरेक वर्ष सहभागि हुुँदै आएको बताउँछन् । भन्छन्, ‘म ९० वर्षको उमेरसम्म दौडिने हो । आउनुहोस संगै पोखरा म्याराथनमा दौडौं । पोखरा म्याराथन पोखराको गौरव हो । यो स्वास्थ्यका लागि पनि हो ।’
विश्वका दौड ‘वल्र्ड रनिङ’को छाता संगठन एसोसिएसन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस(एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेसँगै अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा खुला म्याराथन (४२.१९५ किलोमिटर), महिला हाफ म्याराथन (२१.०९७ किलोमिटर), महिला पुरुष दौड १० किलोमिटर, विद्यालयस्तरीय छात्रछात्रा ५ किलोमिटर दौड, महिला पुरुष ह्विलचियर र दृष्टिविहीन दौडसँगै ‘रन फर फन’ हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार खुला म्यारथनको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख र सान्त्वनाले ३० हजार रुपैयाँ पाउनेछन्। यसपाली खुला म्याराथनमा सहभागी भएका गण्डकीका धावकलाई पनि पुरस्कारको व्यवस्था मिलाएको पराजुलीले बताए। गण्डकीका धावकलाई हौसला प्रदान गर्नलाई पुरस्कार दिन लागेको उनले जनाए । गण्डकीबाट सहभागी धावकमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पाउनेछन् ।
महिला हाफ म्याराथनमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने क्रमशः धावकले १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार रुपैयाँ जित्नेछन् ।
प्रकाशित मिति २०७९ फागुन २ गते मंगलबार ०६:२८




