२०८३ असोज २४ गते शनिबार

पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेनलाई, महिला हाफ म्याराथनमा राजपूराको ह्याट्रिक

पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेनलाई, महिला हाफ म्याराथनमा राजपूराको ह्याट्रिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ६ गते शनिबार ११:५२

स्टेफेनले उपाधि जित्दै ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

पोखरा

पोखरामा आयोजित १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका छन् । उनले यो उपाधि दोस्रो पटक आफ्नो पोल्टामा पारेका हुन् । पोखरा रंगशालाबाट सुरु भएको ढौडमा उनले निर्धारित ४२.१९५ किमीको दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्न सफल भएका थिए । स्टेफेनले उपाधि जित्दै ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्  ।

उनले गएको वर्ष यो दुरी २ घण्टा १९ मिनेटमा पूरा गरेका थिए ।

दोस्रो स्थानमा केन्याली धावक जुलियस मोरियकीले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा दौड पूरा गरे । जुलियसले नगद ३ लाख रुपैयाँ प्राप्त गरे । तेस्रो स्थानमा भने नेपाली सेनाका धावक होमलाल श्रेष्ठ आए । उनले दुरी २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पूरा गर्दै नगद २ लाख रुपैयाँ प्राप्त गरे । यस्तै केन्याली धावक सिमिओन किप्लागातले दुरी पूरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । उनले २ घण्टा २९ मिनेट ३५ सेकेण्डमा दुरी पूरा गर्दै ३० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, महिला तर्फको हाफ म्याराथनको उपाधि राजपूरा प्रसाईंले उचाल्दै पोखरामा ह्याट्रिक गरिन् । महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने उनी पहिलो धाविका समेत हुन् । राजुपूराले १ घण्टा २३ मिनेट ०६ सेकेण्डमा पूरा गर्दै नगर १ लाख ५० हजार प्राप्त गरिन् । सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा २६ मिनेट २७ सेकेण्डमा दुरी पूरा गर्दै नगद १ लाख प्राप्त गरीन् । नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानले १ घण्टा २६ मिनेट ४९ सेकेण्डको समयमा पूरा गर्दै तेस्रो स्थानमा रहिन् । उनले नगद ७५ हजार रुपैयाँ प्राप्त गरिन् ।

म्याराथनमा १६ देशका २९ विदेशीसहित करिब २ सय धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा लम्जुङका रामजी बस्नेत पहिलो, गोखराका निरज भट्ट क्षेत्री दोस्रो, गोरखाकै श्याम मगराती तेस्रो र कास्की अन्नपूर्ण गाँउपालिकाका सरोज शर्मा चौथो भए । उनीहरुले क्रमस ५०, ३०, २० र १० हजार नगद प्राप्त गरे ।

 

प्रकाशित मिति २०७९ फागुन ६ गते शनिबार ११:५२
हजुरको प्रतिक्रिया