२०८३ असोज २३ गते शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक प्रणाली लागू हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक प्रणाली लागू हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ७ गते आइतबार १०:१९

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले फागुन ११ गते देखि आइएफआर प्रणाली लागू हुने जानकारी दिएको छ ।

पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले फागुन ११ गते देखि आइएफआर प्रणाली लागू हुने जानकारी दिएको छ । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सुरक्षित र सहज भएको दाबी प्राधिकरणको छ । यान्त्रिक प्रणाली आइएफआर लागू हुने भएपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि बिमान कम्पनीहरूले चासो समेत देखाएका छन् ।

क्यानका अनुसार कोरियन एयर, विज एयर, हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगमले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएका हुन् । हिमालय एयरको न्यारोबडी जहाजले पोखरामा परीक्षण उडान समेत गरिसकेको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ । विमानस्थलबाट बुद्ध, यती, श्री, सौर्य, गुण लगायत वायुसेवा कम्पनीले उडान गरिरहेका छन् ।

 

प्रकाशित मिति २०७९ फागुन ७ गते आइतबार १०:१९
हजुरको प्रतिक्रिया