२०८३ असोज २४ गते शनिबार

राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप जारी

राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ८ गते सोमबार ०८:०४

पोखरा रंगशालामा आइतबारदेखि सुरू भएको प्रतियोगिताको समापन मंगलबार हुँदैछ ।

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ जारी छ । पोखरा रंगशालामा आइतबारदेखि सुरू भएको प्रतियोगिताको समापन मंगलबार हुँदैछ ।

भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्रामध्ये धेरै विधाको क्वाटरफाइनल सकिएको छ । विद्यालयस्तरीय ‘खेल मेला’ मानिने राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कपको मंगलबार सबै खेलको सेमिफाइनल र फाइनलपछि समापन हुनेछ ।

एकल कातामा प्रिन्स प्रथम

कराँते एकल कातातर्फ न्युमिलिनियम एकेडेमीका प्रिन्स गुरुङ प्रथम भएका छन् । शिवशक्ति माविका अर्जुन सुनार दोस्रो र न्यु मोडेल एकेडेमीका जीवन मगर तेस्रो भए । बाराही माविका अमिर तामाङले सान्त्वना स्थान हासिल गरे ।

कराँतेकै फाइटतर्फको ४२ केजी तौल समूहमा तेस्रो स्थानको टुंगो लागे पनि विजेता र उपविजेताको टुंगो लाग्न भने बाँकी छ । शिवशक्ति माविका रोमन नेपाली र हिमाली माविका जेनिश गुरूङ फाइनल प्रवेश गरेका छन् । सैनिक माविका कुशल गुरुङ र शितलादेवी माविका प्रशान्त लिम्बु तेस्रो भए ।

४७ केजी तौल समूहको पनि विजेता र उपविजेताको टुंगो लागेको छैन् । न्यु मिलिनियमका प्रिन्स गुरुङ र सैनिक आवासिय माविका कुशल जिटि फाइनल प्रवेश गरे । हिमाली माविका अनिल विक र सैनिक आवासीयका मुस्कान बालाचार्य तेस्रो भएको आयोजकले जनाएको छ ।

तेक्वान्दो ४४ केजी तौल समूह छात्रा तर्फ सिद्ध स्मृतिका धनरुपी विक र सैनिक आवासिय माविकी अभित्री रानाभाट फाइनलमा प्रवेश गरेकी छिन् ।

५१ केजी तौल समूहमा मेट्रोपलिटन एकेडेमीका देवेन्द्र गुरुङ र शहिद स्मृति आवासिय माविका रविक्रान्त कुर्मी फाइनलमा प्रवेश गरेका छन् । यस्तै ज्ञानज्योति माविका रोहन गायक र ज्ञानगंगा एकेडेमीका दिनेश बुढा मगर तेस्रो भएका छन् ।

एथलेटिक्समा कसलाई के ?

लङ्गजम्प छात्रतर्फ राष्ट्रिय माविका रोहित रायमाझिले स्वर्ण पदक हासिल गरे । उनले ५.७० मिटरको दुरी पार गरे । यस्तै लिटिल फ्लावरका लव पोखरेलले ५.६८ मिटर दुरी बनाउँदै रजत जित्दा त्रिवेणीका शिशिर कुमालले २.२९ मिटर उफ्रँदै कास्य हासिल गरे ।

छात्रातर्फ त्रिवेणी माविकी एन्जल अधिकारीले ३.९८ मिटर उफ्रँदै स्वर्ण जितिन् । सैनिक आवासिय माविकी दीपा बालायारले ३.९२ मिटर फ्याक्दै रजत जित्दा जनज्योती माविकी सफलता जिसी र टप्स माविकी पवित्रा गुरुङले समान ३.७८ मिटर फ्याँक्दै कास्य पदक हासिल गरे ।

ज्याभ्लिन थ्रो छात्रतर्फ पश्चिमाञ्चलका नरेश विकले ३७.० मिटर फाल्दै स्वर्ण जिते । गौरीशंकरका प्रभु तामाङले ३५.३० मिटर फाल्दै रजत तथा सरस्वती माविका यरिस घर्तीले ३३.०२ मिटर फाल्दै कास्य जिते ।

छात्रातर्फ शहिद स्मृति माविकी संगिता घर्तीले १६.७१ मिटर फाल्दै स्वर्ण जितिन् । छोरेपाटन माविकी वविता तामाङले १४.१६ मिटर फाल्दै रजत जित्दा सैनिक माविकी सरिना श्रेष्ठले १३.५२ मिटर फ्याक्दै कास्य पदक हासिल गरिन् ।

एक सय मिटर दौड छात्रतर्फ सिर्जना सेकेन्डरीका रिसव श्रेष्ठले १२ सेकेन्ड १० मिलिसेकेन्डमा दुरी पुरा गरि स्वर्ण जिते । शहिद स्मृतिका दिपेश यादवले १२ सेकेन्ड २० मिलिसकेन्ड र टप्सका दर्शन गुरुङले १२ मिनेट ३० सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य पदक प्राप्त गरे ।

छात्रातर्फ त्रिवेणी पब्लिककी एन्जल अधिकारीले १४ सेकेन्ड ४० मिलिसेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितिन् । टप्स माविकी पवित्रा गुरुङले १५ सेकेन्ड र श्रीकृष्ण सेकेन्डरीकी मञ्जिला थापाले १५ सेकेन्ड ४० मिलिसेकेन्डमा पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरिन् ।

४ सय मिटर दौड छात्रतर्फ कास्की मोडनाइजका सन्दिप कँुवरले ५६ सेकेन्ड ८० मिलिसेकेन्डमा पुरा गर्दै स्वर्ण जिते । यस्तै सैनिक माविका राजिप थापाले ५७ सेकेन्ड ३० मिलिसेकेन्डमा दुरी पुरा गर्दै रजत जित्दा छोरेपाटन माविका नरेश बास्तोलाले ५८ सेकेन्ड १० मिलिसेकेन्डमा दुरी परा गर्दै कास्य हासिल गरे ।

छात्रातर्फ टप्स बोर्डिङकी सविना खातुन मियाँले एक मिनेट १० सेकेन्ड २० मिलिसेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितिन् । सगरमाथा निकेतनकी अनुस्का अधिकारीले १ मिनेट १५ सेकेन्ड ३० मिलिसेकेन्डमा दुरी परा गर्दै रजत जित्दा त्रिवेणी पब्लिककी सुप्रिया अधिकारीले १ मिनेट २० सेकेन्ड २० मिलिसकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरिन् । १५ सय मिटर महिला दौडतर्फ छोरेपाटन माविकी नारायणी भण्डारीले स्वर्ण हासिल गरिन् । ६ मिनेट ६ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन् । यस्तै गौरीशंकर माविकी कविता मगरले ६ मिनेट ३० सेकेन्ड २० मिलिसेकेन्डमा दुरी पुरा गर्दै रजत जितिन् । ज्ञानज्योति कुञ्जकी ध्वजकुमारी नेपालीले ६ मिनेट ३६ सकेन्ड ७० मिलिसेकेन्डमा दुरी पुरा गर्दै कास्य जितिन् ।

३ हजार मिटर छात्रतर्फ छोरेपाटन माविका तेन्जोन रोका मगरले स्वर्ण पदक हासिल गरे । निर्धारित दुरी १० मिनेट १७ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरेका हुन् । जनप्रकाश माविका लक्ष्मण शर्माले १० मिनेट ३० सेकेन्डमा दुरी पुरा गर्दै रजत जित्दा सैनिक माविका आक्रिष्ट थापाले १० मिनेट ५३ सेकेन्डमा पुरा गर्दै कास्य हासिल गरे ।

कबड्डी, भलिबल

छात्र पहिलो सेमिफाइनल बेथाने मावि र अमरसिंह माविबीच हुनेछ । दोस्रो सेमिफाइनलमा कालिका मावि र भवानी कालिका माविबीच प्रतिस्पर्धा हुनेछ । छात्रा पहिलो सेमिफाइनमा रामेश्वरी मावि र सहिद स्मृति मावि खेल्ने छन् । गौरिशंकर मावि र सरस्वती टिका माविबीच दोस्रो सेमिफाइनल हुनेछ ।

छात्र भलिबलमा सहिद स्मृति मावि र यूनिभर्स मावि, स्पाइरल ग्यालेक्सी र राष्ट्रिय मावि सेमिफाइनलमा खेल्ने छन् । छात्रातर्फ शान्त मावि र कन्या मावि, तालबाराही मावि र जनप्रिय मावि खेल्ने महानगर भलिबल संघका अध्यक्ष राम लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति २०७९ फागुन ८ गते सोमबार ०८:०४
हजुरको प्रतिक्रिया