२०८३ असोज २३ गते शुक्रबार

आज ग्याल्पो ल्होसार, सार्वजनिक बिदा

आज ग्याल्पो ल्होसार, सार्वजनिक बिदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ९ गते मंगलबार ०९:१९

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् ।

पोखरा । आज ग्याल्पो ल्होसार । यो पर्वलाई शेर्पा समुदायले नयाँ वर्ष २१५० औं रुपमा विविध कार्यक्रम गरी मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ल्होसार मनाउने गर्दछन् ।

ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा रहेका छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाउने गरिन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ–आफ्नो घर रंगाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् ।

ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुंग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको र समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको जानकारहरुले बताएका छन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मात्रै मनाइने यो पर्व पछिल्लो समय शेर्पा समुदायको वस्ती भएका अन्य स्थानमा पनि मनाउन थालिएको छ । ग्याल्पो ल्होसारका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

 

प्रकाशित मिति २०७९ फागुन ९ गते मंगलबार ०९:१९
हजुरको प्रतिक्रिया