२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान गण्डकीमा बास्तोला

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान गण्डकीमा बास्तोला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १० गते बुधबार ११:२५

उनका अनुसार धार्मिक कार्यक्रम र सीमित पर्वहरुमा गाइने लोक भजन चुड्का लोेपहुने अवस्थामा पुगेपछि संरक्षणको पहल थालिएको हो ।

फागुन २५ देखि पोखरामा भजन चुट्का प्रतियोगिता

पोखरा

राष्ट्रिय लोक भजन चुड्का संरक्ष्पण प्रतिष्ठान गण्डकीको प्रथम अधिवेशनले वसन्त बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको छ । पोखरामा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद भट्टचन म्याग्दी, महिला उपाध्यक्ष  अनीता पन्त गोर्खा, खुला उपाध्यक्ष विष्णुमाया बराल तनहुँ, महासचिव लेखनाथ तिवारी कास्की, कोषाध्यक्ष नारायणप्रसाद सिग्देल स्याङ्जा, सचिव नवराज अधिकारी कास्की, सहकोषाध्यक्ष कृष्णप्रसाद गौतम कास्की चयन भएका छन् ।

प्रतिष्ठानको सदस्यमा कामना खनाल, हेमा खड्का, भीमबहादुर बराल, शुभाष घिमिरे, कृष्णराज अधिकारी, प्रकाश्चन्द्र बगाले, डिल्लीराज पौडेल, भुवनराज दवाडी, ऋषिराम घिमिरे, छविलाल तिवारी, भोजराज पौडेल, नेत्रबहादुर बानिया, कृष्णप्रसाद घिमिरे, होमनाथ पराजुली, रामप्रसाद अधिकारी, विनय पौडेल रहेका छन् । यसअघि अधिवेशनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।

भजन चुड्काको संरक्षण र कलाकारको सम्मानका लागि प्रतिष्ठान गठन गरिएको केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले बताए । उनका अनुसार धार्मिक कार्यक्रम र सीमित पर्वहरुमा गाइने लोक भजन चुड्का लोेपहुने अवस्थामा पुगेपछि संरक्षणको पहल थालिएको हो ।

२०६८ मा संस्था गठन गरी लोक भजन चुड्का संरक्षणमा प्रतिष्ठानले काम गरिरहेको छ । अहिले देशभरका ४६ जिल्लामा र गण्डकीका ९ जिल्लामा प्रतिष्ठानले जिल्ला समिति गठन गरेर भजन चुड्का गाउने नाच्ने कलाकारहरुलाई संगठित गरेको अध्यक्ष पराजुलीले बताए ।

‘नयाँ पुस्तालाई भजन चुड्काको ज्ञान हस्तानतरण गर्ने अभियानमा प्रतिष्ठान जुटेको उनको भनाइ छ । प्रतिष्ठानले फागुन २५ गते पोखरामै वृहत ज्ञान महायज्ञसहित भजन चुड्का प्रतियोगिता आयोजना गरेको छ । भजन चुट्का प्रतियोगिताको तयारी सुरु भएको पराजुलीले बताए । प्रतिष्ठानको केन्द्रीय कार्यालय भवन पोखरामा बनाउने उद्देश्यले आर्थिक सहयोग जुटाउन महायज्ञ गर्न लागिएको हो ।

 

 

प्रकाशित मिति २०७९ फागुन १० गते बुधबार ११:२५
हजुरको प्रतिक्रिया