२०८३ साउन २१ गते बिहीबार

३ करोडको लागतमा लेस्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा

३ करोडको लागतमा लेस्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १४ गते आइतबार ०९:२७

नेपालमा सन् १९९७ मा पोखराको द फूलबारी रिसोर्टले पहिलो पटक स्पा सञ्चालनमा ल्याएको थियो ।

पोखरा

पोखराको लेकसाइडमा लेस्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा आएको छ । लेकसाइडको हल्नचोक नजिकै रहेको स्पाको सौन्दर्यकर्मी चिनु गुरुङ र व्यवसायी मिलन थापाले उद्घाटन गरे ।

नेपालमा सन् १९९७ मा पोखराको द फूलबारी रिसोर्टले पहिलो पटक स्पा सञ्चालनमा ल्याएको थियो । त्यही स्पामा काम गरेका मलेसियन डानाल्डजीले यो स्पाको प्रबन्ध निर्देशक छन् । उनले स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द दिने बताए ।

स्पाबाट फेवातालको मनोरम दृश्य हेर्दै स्पा गर्न सकिने छ । उद्घाटनको अवसर पारेर एक महिना सम्म ५० प्रतिशत सम्म छुट रहेको छ । स्पामा १ हजार देखि ५ हजार सम्म तिरेर विभिन्न सेवा लिन सकिने छ ।
उद्घाटन कार्यक्रममा सौन्दर्यकर्मी चिनु गुरुङले अनुहारको मात्रै केयर गरेर नहुने भन्दै शरीरको पनि केयर गर्न आवश्यक रहेको बताइन् । व्यवासायी मिलन थापाले मसाज, स्पा, ध्यानले मानिसलाई तनाब मुक्त बनाउने बताइन् ।

 

प्रकाशित मिति २०७९ फागुन १४ गते आइतबार ०९:२७
हजुरको प्रतिक्रिया