२०८३ असोज २४ गते शनिबार

प्रथम फ्लो फ्लो कप आजदेखि

प्रथम फ्लो फ्लो कप आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १४ गते आइतबार ०९:३५

विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित २ लाख एघार हजार १ सय ११ प्रदान गरिनेछ ।

पोखरा

गन्नी एफसी फुटबल क्लबको आयोजनामा ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको आजदेखि हुँदैछ । पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा आजदेखि २० गतेसम्म सञ्चालन हुनेछ क्लबका अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिए । खेलको उद्घाटन दिउँसो १ बजे हुनेछ ।

विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित २ लाख एघार हजार १ सय ११ प्रदान गरिनेछ । उनका अनुसार उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ५ हजार ५ सय ५५ रुपैंयाँ पाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार र ट्रफी प्रदान गरिने बताए ।

प्रकाशित मिति २०७९ फागुन १४ गते आइतबार ०९:३५
हजुरको प्रतिक्रिया