२०८३ असोज २३ गते शुक्रबार

मगर दिवसमा तनहुँका तीन पालिकामा सार्वजनिक विदा

मगर दिवसमा तनहुँका तीन पालिकामा सार्वजनिक विदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १४ गते आइतबार ०४:२५

तनहुँको म्याग्दे गाँउपालिका, देवघाट गाँउपालिका र घिरिङ गाँउपालिकाले सूचना जारी गर्दै संघको स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएका हो ।

तनहुँ
फागुन १५ अर्थात् मगर दिवस । भोली देशभरका मगर समुदायले धुमधामका साथ मनाउदैँ छन् । नेपाल मगर संघको ४१ औं स्थापना दिवसलाई मगर दिवसका रुपमा मनाइदै आएको छ ।

सो अवसरमा तनहुँका तीन पालिकाले सार्वजनिक विदा दिएका छन् । तनहुँको म्याग्दे गाँउपालिका, देवघाट गाँउपालिका र घिरिङ गाँउपालिकाले सूचना जारी गर्दै संघको स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएका हो ।

उक्त दिन आफ्नो मातहतका सबै कार्यालय सोमबार बन्द हुने जानकारी गराएको छ । सो ठाउँमा मगर समुदायको बाहुल्यता रहेको छ ।

प्रकाशित मिति २०७९ फागुन १४ गते आइतबार ०४:२५
हजुरको प्रतिक्रिया