२०८३ असोज २४ गते शनिबार

नेपाल र पपुवान्युगिनी भिड्दै

नेपाल र पपुवान्युगिनी भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १५ गते सोमबार १०:०४

२०१९ देखि जारी रहेको विश्वकप लिग टुको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज हो ।

पोखरा

युएईमा आजबाट सुरु हुने विश्वकप लिग टुको यूएई सिरिजको पहिलो खेलमा नेपालले पपुवान्युगिनीसँग खेल्दैछ । नेपाल र पिएनजिबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराह्न १२ बजे सुरु हुँदैछ ।

पिएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण युएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टुको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज हो ।

फागुन १८ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । फागुन १९ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा फागुन २२ मा घरेलु टोली यूएईसँग खेल्नेछ
।

 

प्रकाशित मिति २०७९ फागुन १५ गते सोमबार १०:०४
हजुरको प्रतिक्रिया