२०८३ साउन २१ गते बिहीबार

आइसिसी यु—१९ मा नेपाल र मलेसिया खेल्दै

आइसिसी यु—१९ मा नेपाल र मलेसिया खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १६ गते मंगलबार ०९:१०

नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ ।

 

पोखरा

युएईमा जारी रहेको आइसिसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो ।

खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेबाट सुरु हुनेछ । नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई, दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।

मलेसियाले भने चौथो खेलमा दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।

 

प्रकाशित मिति २०७९ फागुन १६ गते मंगलबार ०९:१०
हजुरको प्रतिक्रिया