२०८३ साउन २१ गते बिहीबार

पोखरासहित देशका पहाडी क्षेत्रमा फागु पर्व मनाइँदै

पोखरासहित देशका पहाडी क्षेत्रमा फागु पर्व मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २२ गते सोमबार ०७:१८

यो पर्वलाई पुरानो कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिने गरिएको छ ।

होलीको नाममा उछृंखल गतिविधि नगर्न प्रशासनको आग्रह

पोखरा
आज फागु पूर्णिमा । पोखरासहित देशका पहाडी क्षेत्रमा आज यो पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको अवसरमा मनाइने यो पर्व विभिन्न रङ एक अर्कालाई दलेर मनाउने चलन छ । फागुन शुक्ल पूर्णिमाका दिन फागु मनाइने गरिन्छ ।
आज अपराह्न पूर्णिमा तिथि लाग्ने भएकाले यो वर्ष चतुर्दशीकै पर्व मनाउन लागिएको पञ्चांग निर्णायक समितिले बताएको छ । आज सरकारले पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । तराईंमा भने भोलि फागू मनाइन्छ । यो पर्वलाई पुरानो कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिने गरिएको छ ।
हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन रहेको छ भने होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गर्ने गरिएको छ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशीले पनि फागु मनाउने गरेका छन् । फागुका अवसर इच्छा विपरीत कसैलाई रंग नदल्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुली गर्ने लगायतका सार्वजनिक स्थानमा होहल्ला गरी शान्ति सुव्यवस्थामा खलल पु¥याउने उछृंखल र अराजक गतिविधि नगर्न अनुरोध गरेको छ । सूचनालाई अटेर गरी अराजक र उछृंखल गतिविधि भएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

प्रकाशित मिति २०७९ फागुन २२ गते सोमबार ०७:१८
हजुरको प्रतिक्रिया