२०८३ असोज २३ गते शुक्रबार

तराईं मधेशमा आज होली मनाइँदै

तराईं मधेशमा आज होली मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २३ गते मंगलबार ०८:२५

मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरू पूर्णिमाको दिन नै परिक्रमा सकेर जनकपुर पुग्ने भएकाले पूर्णिमा दिन विश्राम गरिने र तराईको होली चाहिँ त्यसको भोलि हुने परम्परा बसेको हो ।

पोखरा

तराईं मधेशमा आज होली मनाइँदै छ । पहाडी क्षेत्रमा मनाएको भोलिपल्ट तराईंमा होली मनाउने चलन छ । तराईमा होली मनाउन सार्वजनिक बिदा दिइएको छ ।

मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरू पूर्णिमाको दिन नै परिक्रमा सकेर जनकपुर पुग्ने भएकाले पूर्णिमा दिन विश्राम गरिने र तराईको होली चाहिँ त्यसको भोलि हुने परम्परा बसेको हो । यस कारण पहाडको होली पूर्णिमा कै दिन र तराईंको होली भोलिपल्ट गरिन्छ । आज तराईको होली हो ।

फागु पूर्णिमाको अवसरमा हिजो पोखरासहित देशका पहाडी क्षेत्रमा पर्व मनाइँएको छ । पर्व विभिन्न रङ एक अर्कालाई दलेर मनाउने चलन छ । यो पर्वलाई पुरानो कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिने गरिएको छ ।

हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन रहेको छ भने होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गर्ने गरिएको छ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशीले पनि रंग दलेर फागु पर्व मनाए ।

प्रकाशित मिति २०७९ फागुन २३ गते मंगलबार ०८:२५
हजुरको प्रतिक्रिया