हेर्नुहाेस कुन जिल्लाकाे अवस्था कस्ताे ?
पाेखरा । गण्डकी प्रदेशमा हालसम्म ६ हजार ७ सय ९० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । प्रदेशमा ४ हजार १४ जनाले काेराेनालाइ जितेर निकाे भएका छन । हाल २ हजार ७ सय ७ सक्रिय केस रहेकाे तथा काेराेना संक्रमणका कारण प्रदेशमा हालसम्म ६९ जनाकाे ज्यान गएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
प्रदेशभरकाे तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा धेरै कास्कीमा काेराेना भाइरसका संक्रमित भेटिएका छन । कास्कीमा हालसम्म २ हजार ४४ जनामा काेराेना भाइरस पाेजेटिभ देखिएकाे हाे । यस्तै, ७ सय ३४ जनाले काेराेनालाइ जितेका छन भने कास्कीमा हाल १ हजार २ सय ८६ जना संक्रिय संक्रमित रहेका छन । काेराेनाकै कारण प्रदेशमा ज्यान गुमाउनेहरूमा पनि कास्की नै अग्रस्थानमा छ । हालसम्म कास्कीमा २४ जनाले काेराेनाकै कारण ज्यान गुमाइसकेका छन ।
कास्कीपछि सवैभन्दा धेरै संक्रमित बर्दघाट सुस्तापूर्व नवलरासीका रहेका छन । नवलपरासीमा हालसम्म १ हजार ६ सय ८ जना संक्रमित भेटिएका छन । १ हजार ४९ जना निकाे भएका छन भने ५ सय ४५ जना सक्रिय संक्रमित रहेका छन । नवलपरासीमा हालसम्म १४ जनाले काेराेनाकै कारण ज्यान गुमाएका छन ।
यता, तनहुँ प्रदेशमा तेस्राे धेरै संक्रमित हुने जिल्ला रहेकाे छ । हालसम्म तनहुँमा ७ सय ५० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ४ सय ९९ जनाले काेराेनालाइ जितेका छन भने २ सय ३९ जना संक्रिय संक्रमित रहेका छन । तनहुँमा हालसम्म १२ जनाले ज्यान गुमाएकाे निर्देशनालयले जारी गरेकाे तथ्याङ्कमा उल्लेख छ ।
बाग्लुङमा हालसम्म ६ सय ६१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ भने ४ सय ५९ जना निकाे भएका छन । १ सय ९८ जना संक्रिय संक्रमित रहेकाे जिल्लामा ४ जनाले ज्यान गुमाइसकेका छन ।
लमजुङमा ५ सय २४ जना संक्रमित बनेका छन । ४१७ जना निकाे भएर घर फर्किँदा १०६ जना संक्रिय संक्रमित रहेका छन भने हालसम्म एकजनाले ज्यान गुमाएका छन ।
यता, स्याङजामा ५ सय ७ जनालाइ संक्रमण पुष्टि भएकाे छ । ४२९ जना निकाे भइसकेका छन । ७३ सक्रिय संक्रमित रहेकाे जिल्लामा ५ जनाले ज्यान गुमाएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।
गाेरखामा ४३२ संक्रमित बन्दा २४० निकाे भएका छन । १८५ सक्रिय संक्रमित रहेकाे जिल्लामा हालसम्म ७ जनाले ज्यान गुमाएका छन ।
पर्वतमा १६६ संक्रमित बनेका छन भने १२० जना निकाे भएका छन । ४६ सक्रिय संक्रमित रहेका छन भने पर्वतमा हालसम्म कसैकाे पनि मृत्यु भएकाे उल्लेख छैन ।
म्याग्दीमा ८८ जनामा संक्रमण पुष्टि भएकाे छ भने ५८ जनाले काेराेना जितेका छन । २८ जना संक्रिय संक्रमित रहेकाे म्याग्दीमा हालसम्म २ जनाले ज्यान गुमाएका छन ।
मनाङमा हालसम्म ९ जनामा संक्रमण पुष्टि हुँदा ८ जनाले काेराेना जितेका छन भने एक जना संक्रिय संक्रमित रहेका छन ।
मुस्ताङमा १ जनामा संक्रमण देखिएकाे र उनले काेराेना जितेपश्चात मनाङपनि संक्रिय संक्रमित नहुने जिल्ला बनेकाे छ ।





