२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपति निर्वाचनको मत गणना सुरु

राष्ट्रपति निर्वाचनको मत गणना सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २५ गते बिहीबार ०४:०७

संघीय संसदका ३३४ जनामध्ये ३१३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । 

काठमाडौं

राष्ट्रपति निर्वाचनको मत गणना कार्य शुरु भएको छ । मतदान सकिएको करिव ४५ मिनेटपछि मत गणना कार्य शुरु भएको हो । संसद भवन नयाँ बानेश्वरमा यतिबेला राष्ट्रपतिका लागि मत गणना कार्य शुरु भएको हो ।

राष्ट्रपतिमा नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि बिहीबार नै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।  मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ गरी ८३१ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३१३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता थिए । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

निर्वाचन आयोगले आज साँझ सभा सात बजेभित्र नै मत गणना सकी नतिजा सार्वजनिक गर्ने बताएको छ ।

प्रकाशित मिति २०७९ फागुन २५ गते बिहीबार ०४:०७
हजुरको प्रतिक्रिया