२०८३ साउन २१ गते बिहीबार

‘हल्कारा’को मर्मस्पर्शी टिजर सार्वजनिक

‘हल्कारा’को मर्मस्पर्शी टिजर सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २६ गते शुक्रबार ०१:५६

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

काठमाडाैं
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’को टिजर सार्वजनिक भएको छ । हल रिलिजअघि नै चर्चित अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कृत फिल्मको टिजरमा मर्मस्पर्शी दृश्य देख्न सकिन्छ ।

वैशाख २९ प्रदर्शन हुने मिति तय भएको फिल्मको पौने २ मिनेट लामो टिजरमा वैदेशिक रोजगारीका कारण सिर्जित समस्यालाई उठाउन खोजिएको छ ।

मुख्य पात्र महेश त्रिपाठीको न्यारेसनमा बगेको टिजरमा सशक्त दृश्य भाषा प्रस्तुत गरिएको छ ।

विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगर मुख्य भूमिकामा छन् । फिल्ममा महेश त्रिपाठीले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने विनिता थापामगर मियाको भूमिकामा छिन् ।

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यसैगरी फिल्म नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो ।

कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको फिल्ममा उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति २०७९ फागुन २६ गते शुक्रबार ०१:५६
हजुरको प्रतिक्रिया