२०८३ असोज २४ गते शनिबार

१४ वर्षपछि हुन लागेको स्ववियु चुनावले उत्साहित विद्यार्थी (भिडियो)

१४ वर्षपछि हुन लागेको स्ववियु चुनावले उत्साहित विद्यार्थी (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २६ गते शुक्रबार ०८:४९

राजनीतिक दलका नेता उत्पादन गर्ने मुख्य कडी मानिने स्ववियुको निर्वाचनले पोखराका क्याम्पसहरुमा पनि विद्यार्थीलाई छपक्कै छोपिसकेको छ ।

पोखरा । चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)को निर्वाचनको रौनकले देश तातिरहेको छ । राजनीतिक दलका नेता उत्पादन गर्ने मुख्य कडी मानिने स्ववियुको निर्वाचनले पोखराका क्याम्पसहरुमा पनि विद्यार्थीलाई छपक्कै छोपिसकेको छ ।

राजनीतिमै एउटा खुड्किलो मानिने पृथ्वीनारायण क्याम्पसमा सबैभन्दा धेरै विद्यार्थीबीच निर्वाचनको सारगर्मी छ भने सबैजसो राजनीतिक दलको चासो पनि पृथ्वीनारायण क्याम्पसतिरै छ ।

त्यसो त प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने निर्वाचन २०६५ सालपछि नियमित हुन सकेको थिएन । जसका कारण पनि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा विद्यार्थीबीच स्ववियु निर्वाचन प्रतिष्ठाको विषय बनेको छ । २०७३ चैत १५ गते त्रिविका केही क्याम्पसमामात्र निर्वाचन भएको थियो ।

२८ वर्षको उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि २०७३ सालमा आंशिकरुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । १४ वर्षपछि नियमित हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थी र विद्यार्थी संगठन उत्साहित छन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट…….

प्रकाशित मिति २०७९ फागुन २६ गते शुक्रबार ०८:४९
हजुरको प्रतिक्रिया