काठमाडौं
उपराष्ट्रपति पदको चुनावमा आज उम्मेदवारी दर्ता हुँदैछ । काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नेसमय तोकिएको छ । दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्ममा हुनेछ । यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले बताएको छ ।
संविधानमा भएको व्यवस्था अनुसार उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिंग वा समुदाय भन्दा फरकबाट उम्मेदवारी दर्ता गर्नुपर्नेछ । नयाँ उपराष्ट्रपति चयन गर्न चैत ३ गते मतदान हुनेछ ।
प्रकाशित मिति २०७९ फागुन २७ गते शनिबार ०७:१७