२०८३ असोज २३ गते शुक्रबार

र्यापर भिटेन खाेज्दै प्रहरी

र्यापर भिटेन खाेज्दै प्रहरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १३ गते बिहीबार ०६:१५

काठमाडाैं । र्‍यापर भिटेन (समीर लिम्बु) फेरि एकपटक प्रहरीकाे खाेजीमा छन । उनकाे नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको हाे । प्रहरी प्रधान कार्यालयले गीतकाे सवै यूनिटलाइ पक्राउ गरि अनुसन्धान गर्न...

काठमाडाैं । र्‍यापर भिटेन (समीर लिम्बु) फेरि एकपटक प्रहरीकाे खाेजीमा छन । उनकाे नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको हाे । प्रहरी प्रधान कार्यालयले गीतकाे सवै यूनिटलाइ पक्राउ गरि अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ ।

भिटेनको हालै युट्युबमा सार्वजनिक ‘पारा’ शीर्षकको गीतमा उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्दसमेत प्रयोग गरेका छन् ।

भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेपनि फेरि त्यस्तै गुनासो आएपछि अनुसन्धान गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।

प्रकाशित मिति २०७७ कात्तिक १३ गते बिहीबार ०६:१५
हजुरको प्रतिक्रिया