२०८३ साउन २१ गते बिहीबार

वन विज्ञानमा आइतबार स्ववियु निर्वाचन

वन विज्ञानमा आइतबार स्ववियु निर्वाचन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ९ गते बिहीबार १२:२३

मनोनयन दर्ताको प्रकृया सुरु नहुँदै तालाबन्दी भएपछि तोकिएको मितिमा स्ववियु निर्वाचन हुन सकेको थिएन । विद्यार्थी संगठनबीच निर्वाचन प्रक्रिया सुरु गर्ने सहमति भएसँगै कार्यतालिका सार्वजनिक भएको छ ।

पोखरा

वन विज्ञान अध्ययन संस्थान पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ । चैत १२ गते आइतबार स्ववियु निर्वाचन गर्ने तयारी गरिएको हो । निर्वाचन समितिमा लागेको ताला खुलेपछि निर्वाचन गर्ने समहती भएको छ ।

फागुन २५ गते विद्यार्थीको नामावली सार्वजनिक नभएको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थिए । मनोनयन दर्ताको प्रकृया सुरु नहुँदै तालाबन्दी भएपछि तोकिएको मितिमा स्ववियु निर्वाचन हुन सकेको थिएन । विद्यार्थी संगठनबीच निर्वाचन प्रक्रिया सुरु गर्ने सहमति भएसँगै कार्यतालिका सार्वजनिक भएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक गरेर कास्कीका ६ क्याम्पसमा स्ववियु निर्वाचन गर्ने तयारी भएपनि तोकिएको मितिमा कतैं हुन सकेन ।

प्रकाशित मिति २०७९ चैत ९ गते बिहीबार १२:२३
हजुरको प्रतिक्रिया