२०८३ साउन २१ गते बिहीबार

पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ सञ्चालनमा

पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ सञ्चालनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १० गते शुक्रबार ०२:४७

उद्घाटन गर्दै मेयर आचार्यले यो भवनले पाल्पालाई चिनाउने बताए । उनले पाल्पा एउटा पुरानो संस्कृति र ऐसिहासिक जिल्ला भएको बताउँदै पोखरा र तानसेन दुबै पर्यटकीय सहर भएको बताए ।

पोखरा

पाल्पाको रानीमहलको बाह्य आवरणको झल्को दिनेगरी पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ सञ्चालन भएको छ । पाल्पा जन्मथलो भइ पोखरालाई कर्मथलो बनाएकाले भवन सञ्चालनमा ल्याएका हुन् ।

भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मेयर आचार्यले यो भवनले पाल्पालाई चिनाउने बताए । उनले पाल्पा एउटा पुरानो संस्कृति र ऐसिहासिक जिल्ला भएको बताउँदै पोखरा र तानसेन दुबै पर्यटकीय सहर भएको बताए ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पोखरालाई कर्मथलो बनाएका पाल्पालीहरुले भवन निर्माण गरेर तानसेनको गौरव बढाएको बताए ।  यो भवनबाट पाल्पाली ढाका, करुवा र पाल्पामा उत्पादित फलफूल, तरकारी बिक्री गरिने पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

कास्कीको पहिचान मानिने जेठोबुढो पनि बजारीकरणका लागि राखिने छ । पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास, छोयलालगायतको स्वाद पोखरेलीलाई चखाउन ‘रानीमहल रेस्टुरेन्ट’ पनि खोलिएको अध्यक्ष घिमिरेले बताए । पाल्पा हाउसमा एक महिनासम्म हरेक सटर र रेष्टुरेन्टमा ग्राहकलाई १० प्रतिशत छुट दिइने अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति २०७९ चैत १० गते शुक्रबार ०२:४७
हजुरको प्रतिक्रिया