२०८३ साउन २१ गते बिहीबार

नयाँ नेतृत्व चुन्दै सिटी रेबान

नयाँ नेतृत्व चुन्दै सिटी रेबान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १० गते शुक्रबार ०३:०६

संस्थाको १९ साधारण सभा तथा ८ औं अधिवेशनको आज होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले उद्घाटन गरे ।

पोखरा

पोखरा नगर होटल रेस्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेबानको) ८ औं अधिवेशन तथा १९ साधारण सभा आज पोखरामा भएको छ । पोखरा महानगर भित्र छरिएर रहेका होटल रेस्टुरेन्ट, गजल क्याफे लगायतलाई समेटेर २०५७ सालमा संस्था स्थापना भएको हो ।

सामूहिक हित अभिवृद्धि गरी सदस्यहरुको हक अधिकारलाई व्यवस्थित र सुनिश्चित गर्नुका साथै पोखरामा आन्तरिक र वाह्य पर्यटनको प्रवद्धनलाई टेवा पुर्याउने उद्देश्य संस्थाले लिएको छ । संस्थाको १९ साधारण सभा तथा ८ औं अधिवेशनको आज होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले उद्घाटन गरे ।

उद्घाटनका अवसरमा अध्यक्ष चुकेले पर्यटन प्रवद्र्धन नभएसम्म होटल र रेस्टुरेन्ट व्यवसाय फस्टाउन नसक्ने बताए । उनले कोरोना भाइरसले थला परेको व्यवसायलाई देशको आर्थिक संकटले असर गरेको गुनासो गरे । व्यवसायलाई जोगाउँदै पर्यटन प्रवद्र्धन गर्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

उनले पर्यटन प्रवद्र्धनको लागि विभिन्न प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । होटल र रेस्टुरेन्ट व्यवसायको लक्ष्य नै ग्राहकहरुलाई न्यायो आतिथ्यता र गुणस्तरीय सेवा दिनु नै भएको उनको भनाइ छ । संस्थाको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशन अहिले पोखरामा जारी छ । संस्थामा १ सय ३५ सदस्य रहेको छन् । सिटी रेबान पोखरा कार्यवाहाक अध्यक्ष दीपक तिमिल्सेनाको अध्यक्षतमा भएको उद्घाटन सत्रमा सचिव तीर्थ लुइटेल सागरले संस्थाको सांगठनिक प्रतिवदेन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २०७९ चैत १० गते शुक्रबार ०३:०६
हजुरको प्रतिक्रिया