पोखरा
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एक दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दाबी गरेका छन् ।
मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सो दाबी गरेका हुन् ।
शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका प्रभावकारी कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
अर्थतन्त्र गम्भीर अवस्थामा रहेको र सरकारको सकारात्मक हस्तक्षेप आवश्यक भएको भन्दै उनले भने, ‘सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ । एक दुईभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं ।’
प्रकाशित मिति २०७९ चैत ११ गते शनिबार ०१:४७