२०८३ कात्तिक १० गते सोमबार

पोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी

पोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १२ गते आइतबार ०६:४५

महानगरले खलातर्फ २७, महिला ४, आदिवासी जनजाति ७, मधेशी ६, दलित ३ र पिछडिएको क्षेत्रअन्तर्गत एकजनाको विज्ञापन प्रकाशित गरेको छ ।

पोखरा
पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी माग गरेको छ । महानगरले चैत २७ गतेसम्म दरखास्त दिन पाउने गरी आइतबार सूचना प्रकाशन गरेको हो ।

नगर प्रहरीमा दरखास्त दिन १८ वर्ष पूरा नभई ३० वर्ष र नेपाल सरकार वा अन्य सुरक्षा सेवाबाट निवृत्तको हकमा ३७ वर्ष ननाघेको हुनुपर्ने महानगरको सूचनामा उल्लेख छ ।

महानगरले खलातर्फ २७, महिला ४, आदिवासी जनजाति ७, मधेशी ६, दलित ३ र पिछडिएको क्षेत्रअन्तर्गत एकजनाको विज्ञापन प्रकाशित गरेको छ ।

 

No photo description available.

प्रकाशित मिति २०७९ चैत १२ गते आइतबार ०६:४५
हजुरको प्रतिक्रिया