२०८३ असोज २४ गते शनिबार

मेयर कप महिला टी–२० क्रिकेट: उपाधिका लागि एपीएफ र कोशी भिड्ने

मेयर कप महिला टी–२० क्रिकेट: उपाधिका लागि एपीएफ र कोशी भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १४ गते मंगलबार ०५:०७

अब कोशीले तेस्रो संस्करणको प्रतियोगिताको उपाधिका लागि बिहीवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो । एपीएफ ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रह्यो ।

काठमाडौं

कोशी प्रदेश ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज मङ्गलवार भएको खेलमा मधेस प्रदेशलाई ६२ रनले हराउँदै कोशी उपाधि नजिकै पुगेको हो ।

कोशीले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४३ रनमात्र बनाउन सक्यो । मधेसका लागि सरस्वती कुमारीले सर्वाधिक १० रन बनाइन् । बलिङतर्फ कोशीकी रुबिना क्षेत्री, एलिशा खडिया र निशा शाहले २र२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनायो । कोशीका लागि रुबिना क्षेत्रीले ३९ र काजल श्रेष्ठले २२ रन बनाइन् । बलिङतर्फ मधेसकी सन्तोषी चौधरी, अमिरन निशा र अमिशा पटेलले २र२ विकेट लिए ।

अब कोशीले तेस्रो संस्करणको प्रतियोगिताको उपाधिका लागि बिहीवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो । एपीएफ ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रह्यो । कोशी ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।

प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ सहित सुदूरपश्चिम, एपीएफ, मधेस, कोशी गरी पाँच वटा टिम सहभागी थिए ।

प्रकाशित मिति २०७९ चैत १४ गते मंगलबार ०५:०७
हजुरको प्रतिक्रिया